मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

बालमैत्री

काठमाडौं महानगरपालिका

जलजला गाउँपालिका

यशोधरा गाउँपालिका

तुर्माखाँद गाउँपालिका

इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउँदै

Mayorsap

बिही, पौष २५, २०८१ | १५:३० बजे

बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै  गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।      

    
‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा बढ्दै गएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने, ‘‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ।”


कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उनको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बगाएको थियो । अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।


गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुन बमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology