मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

कालीगण्डकी गाउँपालिका

नाम्खा गाउँपालिका

ठाँटीकाँध गाउँपालिका

केपी ओली

मुसीकोट नगरपालिका

खाँडाचक्र नगरपालिकामा निःशुल्क क्षयरोग परीक्षण शिविर, छ जनामा सङ्क्रमण पुष्टि

Mayorsap

बिही, पौष २५, २०८१ | १५:३८ बजे

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकोमा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।


सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।


शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिए । “शङ्कास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो”, उनले भने ।


थप एक सय शङ्कास्पद बिरामीको पुनःपरीक्षण बाँकी रहेको बताउँदै उनीहरुको जिल्ला अस्पतालको ‘जेनस्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गरे । क्षयरोग सङ्क्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उनले जानकारी दिए ।


जिल्लामा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology