मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

राजनीतिक दल

बीउ

कालीगण्डकी गाउँपालिका

बसाइँसराइ

पुरातात्विक संरचना

मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

Mayorsap

बिही, पौष २५, २०८१ | २०:१० बजे

धनुषा । मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गरेका थिए । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेसको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र पर्यटकीयस्थलको प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

विधेयकमा मधेस प्रदेशको पर्यटकीयस्थललाई विश्वसामु प्रस्तुत गर्न र स्थायीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति समावेश गरिएको उनको भनाइ छ । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचा निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचारप्रसार कार्यक्रम राखिएको छ ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले, “प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए ।” यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकको उत्पादन क्षमता वृद्धि गर्ने रहेको उनको भनाइ थियो । मधेस प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology