रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
Mayorsap
बिही, पौष २५, २०८१ | २०:३२ बजे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएसँगै अब आफैँ काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
सहकारी ठगी प्रकरणमा ८४ दिनपछि थुनामुक्त भएका उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने प्रहरीको तयारी थियो । उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएपछि पुनः पक्राउ गरी काठमाडौं लैजाने तयारीबाट प्रहरी पछि हटेको छ ।
उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने बताइएको छ । त्यसपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् ।