गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
Mayorsap
बिही, पौष २५, २०८१ | २०:५२ बजे
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले गाउँगाउँमा नागरिक सुनुवाइ गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाइ सम्पन्न गरेको छ । भूमिकास्थान नगरपालिका–६ खिल्जीको बेल्बोटमा भएको नागरिक सुनुवाइ कार्यक्रममा असुरकोट, खिल्जी र नुवाकोटका जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि छत्रदेव गाउँपालिका, शितगङ्गा नगरपालिका, मालारानी गाउँपालिकालगायतका स्थानमा सम्पन्न गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।