Ad Image

दक्षिण भारतमा भागदौड हुदा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736488398.jpg

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७० जना सामान्य घाइते भएका छन् ।


शुक्रबार वैकुण्ठ एकादशी को शुभ अवसरमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न लगभग ४ हजार मानिसहरू भेला हुँदा यो घटना भएको बताइएको छ ।  गम्भीर घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय सरकारी अस्पताल लगिएको थियो ।