मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

‘मध्यपुर थिमि महोत्सव’

पिपरा गाउँपालिका

रुरुक्षेत्र गाउँपालिका

भेरी नगरपालिका

नौकुण्ड गाउँपालिका

ताप्लेजुङको फुङलिङ तोक्मेमा धाननाचस्तम्भ निर्माण

Mayorsap

शुक्र, पौष २६, २०८१ | ११:४८ बजे

ताप्लेजुङ । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।


प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पुर्याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ ।


प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी यो प्रतिमा तयार पारेका हुन् । प्रतिमा निर्माण गर्न राष्ट्रिय तथा अनुभवी मूर्तिकारको सहयोग लिइएको थियो ।


प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ) र पाथीभरा (मुक्कुमलुङ) को आकृति राखिएको छ । प्रतिमा नजिकको रमणीयस्थल तोक्मेलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो । समितिका अनुसार यसले लिम्बू समुदायको मौलिक सांस्कृतिक परम्परालाई उजागर गर्नुका साथै भविष्यका पुस्तालाई यो परम्पराको महत्व बुझाउन प्रेरणा दिनेछ ।


धाननाच लिम्बू समुदायको परम्परागत नाच हो । यो नाच प्राचीन समयदेखि पालम गाउँदै नाचिने गरिन्छ । धान रोप्ने र भित्र्याउने समयमा यो नाच सांस्कृतिक परम्पराका रूपमा प्रचलित छ । तोक्मेमा निर्माण गरिएको यो प्रतिमाले ताप्लेजुङ जिल्लामा सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गरेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology