Ad Image

साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736489304.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।


बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु. आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु. पाँचले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु. एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।