परराष्ट्रका कायममुकायम सचिव अमृत राईलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय
Mayorsap
शुक्र, पौष २६, २०८१ | १२:३२ बजे

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।