रास्वपा सभापति लामिछाने २ बजे काठमाडौँ आउने
Mayorsap
शुक्र, पौष २६, २०८१ | १३:३९ बजे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने २ बजे काठमाडौँ आउने भएका छन् । पोखराबाट २ बजेको फ्लाइटमार्फत उनी काठमाडौँ आउन लागेका हुन् ।
लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन् । लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका थिए ।
अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।