जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
दुर्घटनाबारे थप अनुसन्धान हुँदै
Mayorsap
शुक्र, पौष २६, २०८१ | १६:०९ बजे
काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
जेसीबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय कार्यालय केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।