मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

रोजगारी

केपी ओली

रमेश लेखक

भजनी नगरपालिका

साँगुरीगढी गाउँपालिका

इस्मा गाउँपालिका

परोहा नगरपालिका

रवि लामिछानेकाे बयान सकियाे, थुनछेक बहस हुँदै

Mayorsap

आइत, पौष २८, २०८१ | १५:३२ बजे

काठमाण्डाै । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।


जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान केही अघि सकिएको हो।

अहिले थुनछेक बहस भइरहेकाे अदालतले जनाएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए।

जिल्ला अदालत काठमाडौँमा पनि रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन्।  


यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा पनि उनीहरूले रविका पक्षमा बहस गरेका थिए।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज रविले बयान दिएका थिए। आजै थुनछेक बहस हुँदै छ। जसमा पूर्वगृहमन्त्री रवि लामिछानेका पक्षबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ र पन्तले बहस गर्दैछन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए।


स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ।

ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology