मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

चौरपाटी गाउँपालिका

दार्मा गाउँपालिका

वडाध्यक्ष

देउमाइ नगरपालिका

बुद्धजन्मस्थल

साताको पहिलो दिन २५ अंकले घट्यो नेप्से, खुम्चियाे काराेबार

Mayorsap

आइत, पौष २८, २०८१ | १५:४४ बजे

काठमाण्डाै । साताको पहिलो कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्दा लगानीकर्ताले लगानीलाई खुम्च्याएका छन्।

आइतबार सेयर बजार परिसूचक नेप्से २५‍.४१ अंकले घटेर २६०९.६७ अंकमा आइपुग्दा लगानीकर्ताले ३ अर्ब ९९ करोडको मात्रै कारोबार गरेका हुन्।

यो दिन कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ भने सबै समूहको उपसूचक समेत घटेका छन्।

कुल कारोबारमा आएका ३०१ वटा कम्पनी मध्ये १९३ वटा कम्पनीको मूल्य घट्दा ४४ वटाको मात्रै बढेको हो। बढ्नेमा वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

अन्य कम्पनीको भने मूल्यमा ४ प्रतिशत भन्दा थोरैको बृद्धि देखिएको छ। घट्नेमा भने आज न्यादी हाइड्रोपावर अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबारमा भने आज अगाडि एनआरएन इन्फ्राइन्ट्रक्चर र सिन्धु विकास बैंक अगाडि छन्। यी दुवै कम्पनीको क्रमशः २० करोड र १८ करोडको कारोबार भएको हो।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology