मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अतिक्रमन

वीरगञ्ज महानगरपालिका

मङ्गलसेन नगरपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

छात्रावृत्ति

‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’ : मुख्यमन्त्री लामा

Mayorsap

सोम, पौष २९, २०८१ | ११:४४ बजे

चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।

 

आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्विकस्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए । उनले भने “पुरातात्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्विकस्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।” उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए ।


आश्रमका अध्यक्ष शैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएका थिए । उनीहरुले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित बनाउँदै लैजान सहज हुने बताए । अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरु उत्तम जोशी, गीता गुरुङलगायतको सहभागिता थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology