मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

प्रविधि

बसाइँसराइ

छिन्नमस्ता गाउँपालिका

दुल्लु नगरपालिका

लालबन्दी नगरपालिका

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना

Mayorsap

सोम, पौष २९, २०८१ | १२:२९ बजे

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ। एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा  कार्यालय स्थापना भएको हो ।


लक्ष्मीनियाँ–७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे । सरकारी सेवा गाउँगाउँसम्म पु¥याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उहाँले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए ।


हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाकोे ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहँचका फाइदाबारे चर्चा गरे । उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।


हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology