मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

राजनीतिक दल

शिक्षक

तिला गाउँपालिका

क्व्होलासोथार गाउँपालिका

पैयूँ गाउँपालिका

मेलमिलाप केन्द्र

उपेन्द्र यादव

आजदेखि खो खो विश्वकप सुरु, उद्घाटन खेलमा नेपाल भारतसँग खेल्दै

Mayorsap

सोम, पौष २९, २०८१ | १२:३६ बजे

काठमाडौं । खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यसमा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ ।


दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ । जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।


खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ ।


भारत र नेपालसँगै समूह ए मा भुटान, ब्राजिल र पेरु छन् । यस्तै समूह बी मा इरान नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना र दक्षिण अफ्रिका छन् । समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड तथा समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया र केन्या छन् ।

 

यसैगरी महिलातर्फ भारत, इरान, दक्षिण कोरिया र मलेसिया समूह ए मा, इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या र युगान्डा र नेदरल्याण्ड्स समूह बी मा छन् । दक्षिण एसियाका चार राष्ट्र नेपाल भुटान, श्रीलंका र बंगलादेशसहित जर्मनी समूह सी मा रहँदा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया समूह डी मा छन् ।


१६ राष्ट्रले महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गर्दा ब्राजिल, अर्जेन्टिना, घाना, अमेरिकाले पुरुषतर्फ मात्र तथा युगान्डा, न्युजिल्याण्ड र इन्डोनेसियाले महिला तर्फ मात्र प्रतिस्पर्धा गर्नेछन् ।


महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार(चार समूहमा विभाजन गरिएको छ । महिलाको समूह ए मा बाहेक सबै समूहमा ५-५ टिम छन् र महिलाको समूह ए मा ४ टिम छन् ।


महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।


पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दैछ । एसियन खो खो च्याम्पियनसिपमा पदक जितिसकेको नेपालले विश्वकपमा पनि कुनै न कुनै पदक जित्ने लक्ष्य राखेको छ ।


नेपालको कप्तानी पुरुषतर्फ हेमराज पनेरु र महिलातर्फ सरस्वती कठायतले गर्नेछन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology