Ad Image

वेष्ट इन्डिजसँग नेपाल ९ रनले पराजित

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736764952.png

काठमाडौं । आईसीसी यू-१९ महिला टी २० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग जितनजिक पुगेर पराजित भएको छ ।


मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले पराजित भएको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा अलआउट भयो।


सिमाना केसीले २३ तथा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । ५४ रनमा ६ विकेट गुमेपछि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए तर पर्याप्त भएन । ९८ रनको स्कोर हुँदा सिमाना पनि आउट भएपछि वेष्ट इन्डिज फेरि खेलमा फर्किएको थियो ।


टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाउँदै नेपाललाई ११० रनको लक्ष्य दिएको थियो ।


जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् । नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिए ।


नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।