मेयरसाप

बालेन शाह

अर्थ

शिक्षा

काठमाडौं महानगरपालिका

शिक्षक

राजनीतिक दल

राहत

देउमाइ नगरपालिका

औद्योगिक ग्राम

राष्ट्रिय महिला आयोग

रेसुङ्गा नगरपालिका

ब्राजिलले लगायो प्राथमिक र उच्च विद्यालयमा स्मार्टफोनको प्रयोगमा रोक

Mayorsap

मंगल, माघ १, २०८१ | १२:२४ बजे

रियो द जेनरियो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भाले विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने एउटा विधेयकमा हस्ताक्षर गरेका छन् । विश्वभर विद्यालयमा स्मार्टफोनको प्रयोग सीमित पार्ने ट्रेन्ड चलिरहँदा सोमबार सिल्भाले उक्त विधेयकमा हस्ताक्षर गरेका हुन् ।


यो कदमपछि फेब्रुअरीदेखि लागू हुने गरी ब्राजिलमा प्राथमिक र उच्च विद्यालयका विद्यार्थीहरूले स्मार्टफोन चलाउन पाउने छैनन् । विद्यार्थीले आकस्मिक स्थिति वा खतरा उत्पन्न भएको अवस्थामा वा शैक्षिक प्रयोजनका लागि मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने कानुनी प्रावधान रहनेछ । स्मार्टफोनकै सहारा लिनु पर्ने अशक्त विद्यार्थीलाई भने यसमा छूट पाउने छन् ।


सानै उमेरदेखि विद्यार्थीहरू अनलाइनमा बस्न थालेको अनि छोराछोरीहरू के गरिरहेका छन् भनेर अभिभावकहरूलाई नियाल्न गाह्रो भएको शिक्षा मन्त्री क्यामिलो सन्तानाले पत्रकारहरू समक्ष भनेका छन् । विद्यालयमा स्मार्टफोनको प्रयोगमा रोक लगाउँदा अभिभावकहरूलाई मद्दत मिल्ने उनको भनाइ छ । सरकारको यो कदमलाई अभिभावक र विद्यार्थीहरूले पनि मन्जुरी दिएका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology