Ad Image

विपक्षी दलको संयुक्त बैठक सिंहदरबारमा जारी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736916366.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।


माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् ।


बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् ।


बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।

 

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् ।