Ad Image

भारतको केरलामा दलित किशोरीमाथि पाँच वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ

User Image मेयरसाप डेस्क | ५ महिना अगाडि
Image of storage/news/1736916780.jpg

नयाँदिल्ली । भारतको केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथि बलात्कार गर्ने ४४ जनालाई पक्राउ गरेको हो ।

सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिएपछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र हालसम्म ४४ जनालाई पक्राउ गरेको जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन ।

अनुसन्धानको निरीक्षण गर्दै आएकी डीआईजी एस अजिता बेगमका अनुसार बालिका माथि बलात्कार र यौन दुव्र्यवहार आरोपमा ३० वटा 'एफआइआर' दर्ता भएको र घटनामा उल्लेख भएका ६२ अभियुक्तमध्ये ४४ जना पक्राउ परिसकेका छन ।

‘फरार अभियुक्त मध्ये दुई जना हाल विदेशमा छन्। हामी उनीहरूका लागि इन्टरपोलमार्फत 'रेड कर्नर नोटिस' जारी गर्ने योजनामा ​​छौं,’ उनले भनिन् । उनीहरु बाहेक अरु १६ जनालाई पक्राउ गर्नका लागि प्रहरी लागि परिरहेको छ ।

सन् २०२४ को जनवरीमा कारभित्र र पथनम्थिट्टा जनरल अस्पतालमा भएका घटनासहित कम्तिमा ५ पटक उनीमाथि सामूहिक बलात्कार भएको अनुसन्धान पछि खुलेको प्रहरीले जनाएको छ । हाल  १८ वर्षकी किशोरीले १३ वर्षको उमेरदेखि ६२ जनाले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा आरोप लगाएकी छन् ।