समाजवादी मोर्चाको बैठक दिउँसो आलोकनगरमा बस्दै
Mayorsap
बुध, माघ २, २०८१ | १०:३९ बजे

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।
माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनः सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९नेपा० र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।
समाजवादी मोर्चाको बैठकअघि माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलको बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको दलको कार्यालयमा बसेको छ ।