रविलाई थुनछेक बहसका निम्ति अदालत लगिँदै
Mayorsap
बुध, माघ २, २०८१ | १०:४८ बजे

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा पेश गरिँदै छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई कार्यालय समय शुरु हुनासाथ लगिने जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
सोही मुद्दाका अर्का प्रतिवादी तथा प्रहरीका भूपूडीआईजी छविलाल बन्जाडे जोशी भने केही समयपछि अदालतमा हाजिर हुने भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए । सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन । अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए । मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुँदैछ ।