काठमाडौंको काडाँघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद
Mayorsap
बुध, माघ २, २०८१ | ११:५६ बजे

काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ परेका उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।