मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

भाषा

औद्योगिक ग्राम

कर्मचारी

स्थानीय पाठ्यक्रम

पैयुँ गाउँपालिका

संयुक्त वक्तव्य सार्वजनिक गर्ने गरी विपक्षी दलको बैठक बिहीबार पुनः बस्ने

विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले पाए जिम्मेवारी

Mayorsap

बुध, माघ २, २०८१ | १२:०३ बजे

काठमाडौं । विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको छ ।


विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।


माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । सरकारले संसद बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी गराए । ‘छिटोभन्दा छिटो सदन चलाउ भन्ने । सरकारले संसद बोलाएन भने विशेष अधिवेशनका बोलाउन विपक्षी दलले लाग्ने कुरा भयो,’ अर्यालले भने ।


‘सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढ्यो । सरकारको कदमको विरुद्धमा प्रतिपक्ष सबै दल एकवद्ध हुनुर्पछ भन्ने कुरा भयो । मुल्यवृद्धि नियन्त्रण हुन सकेन,’ अर्यालले भने,‘छिमेकसँगको सम्बन्ध बिगारेको बारे कुरा भयो । संसदीय समितिमा दुई तिहाइको सरकारले कोरम पुर्‍याउँदैन । अर्थतन्त्र झन् झन कमजोर भयो ।’


स्वर्णलक्ष्मी सहकारीका सञ्चालकहरु छुट्टा समेत रास्वपा सभापति रवि लामिछाने माथि प्रतिशोध साधिएको धारणा सबै नेताले राखेको अर्यालले दाबी गरे ।


बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology