मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शिक्षा

शिक्षक

बालविवाह

सम्पादकीय

स्नातक तह

रामलखन मलाह

देउमाइ नगरपालिका

सवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे

Mayorsap

बिही, माघ ३, २०८१ | २०:१३ बजे

दाङ । गत पुस २४ गते तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्‍करबाट तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीय तिर्सना घर्ती मगरको मृत्यु भयो । बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो । 

 

दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले एक दिन तुलसीपुरमा बजार बन्द गराए । प्रहरी प्रशासन, यातायात व्यवसायी र पीडितपक्षबीच सहमति भएपछि मृतकका परिवारलाई सरकारले बिमाबापत उपलब्ध गराउँदै आएको रु पाँच लाख रकममा समितिले साढे दुई लाख रकम उपलब्ध गराउने र मृतककी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पठाउने जिम्मा राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिले लिने सहमति भयो । उक्त दुर्घटनामा संलग्न बसका चालक हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन् । 

 

त्यस्तै गत कात्तिक २२ गते गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नं को जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा  भएको दुर्घटनामा परी चारजनाको घटनास्थमै मृत्यु भयो । सो दुर्घटनामा आठ जना गम्भीर घाइते भए । मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए ।

 

त्यसैगरी गत साउन १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नं को मोटरसाइकलले  घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोराही ७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए ।

 

यी तीन वटै दुर्घटनामा प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी भएको निष्कर्ष निकाल्यो । मोटरसाइकलले ठक्कर दिनुको कारण चालकले मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकाल्यो । 

 

चालु आर्थिक वर्षको पुससम्म जिल्लामा एक सय सात वटा सवारी दुर्घटनाका घटना घटेका छन् । ती सवारी दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

 

उनका अनुसार सो दुर्घटनामा परी ८० जना गम्भीर घाइते र ६४ जना सामान्य घाइते भएका छन् । गत आवको सोही अवधिमा जिल्लामा ६५ वटा सवारी दुर्घटनाका घटनामा २५ जनाको ज्यान गएको थियो । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेकामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल  ४१  वटा, बस सात, ट्रयाक्टर सात जीप तथा कार चार छन् । 

 

त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, ट्रिपर  दुई, माइक्रोबस चार, साइकलका पाँच, डोजर एक वटा अन्य वटा रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको थियो । 

 

जिल्लामा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । दुर्घटना न्यूनीकरणका लागि लमही–भालुवाङ सडकमा टाइम कार्ड सुरु गरिएको छ । तर पनि सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् । अनुसन्धानका क्रममा दुर्घटना घटनुको प्रमुख कारणमा तीव्र गति, मादकपदार्थ सेवन नै रहेको छ । त्यसबाहेक चालकको लापरबाही, यात्रुको गल्ती, सडकको दुरावस्थाका, यान्त्रिक गडबडी पनि कारक हुने गरेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक शाहीले बताए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology