Ad Image

यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734619385.jpg

काठमाडौं । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्र्गत आज भएको खेलमा संकटा क्लबले  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा संकटाले आर्मीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै संकटाले चार खेलबाट सात अंक जोडेको छ भने पाँचौ खेलमा पराजित आर्मी अंकविहीन छ ।

संकटाको जितमा एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले एक÷एक गोल गरे । खेलको २१ औँ मिनेटमा एल्सनको गोलमार्फत संकटाले पहिलो अग्रता लियो । त्यस्तै खेलको २५ औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८३ औँ मिनेटमा पेम्बाले थप एक गोल गर्दै संकटालाई आर्मीविरुद्ध सहज जित दिलाए ।