मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

धुर्कोट गाउँपालिका

बाँफीकोट गाउँपालिका

नगर विकास कोष

बटेश्वर गाउँपालिका

अनुगमन

एनआईसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

Mayorsap

शुक्र, माघ ४, २०८१ | १०:३८ बजे

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ । बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो । 

लिलामी आवेदन एनआईसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

एनआईसी एसियाले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम् १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम् २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम् ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology