मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

शुक्लागण्डकी नगरपालिका

चिरिबाबु महर्जन

पर्यटन

अनुगमन

बडिमालिका नगरपालिका

सुनको भाउ १ हजार ३ सयले वृद्धि

Mayorsap

शुक्र, माघ ४, २०८१ | ११:३८ बजे

काठमाडौं । सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


हिजो बिहीबार तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार चाँदी १० ले बढेर तोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । हिजो बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology