मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

पातारासी गाउँपालिका

बटेश्वर गाउँपालिका

ढकारी गाउँपालिका

खेलकुद मेला

शुक्लागण्डकी नगरपालिका

आजै हिमाली घर रिसोर्टमा लगनगाँठो कस्दै मेलिना

Mayorsap

शुक्र, माघ ४, २०८१ | ११:४९ बजे

काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ ।


दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन्। विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ। विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको छ ।


मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् । इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ ।


विवाहको तयारी केही साता अगाडिबाट सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो । उनीहरूले जातीय पोसाकमा इन्गेजमेन्ट गरेका थिए ।


विवाह गर्न लागेकी मेलिनालाई सामाजिक सञ्जालबाट सेलिब्रेटी तथा सर्वसाधारणले बधाई तथा शुभकामना दिइरहेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology