मेयरसाप

अर्थ

स्वास्थ्य

भरतपुर महानगरपालिका

रेणु दाहाल

राजनीतिक दल

काठमाडौं महानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

सामुदायिक विद्यालय

रमेश लेखक

छिन्नमस्ता गाउँपालिका

विराटनगर महानगरपालिका

सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि हुने

Mayorsap

आइत, माघ ६, २०८१ | १३:०२ बजे

सिरहा । सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता यही  माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिए ।


उनका अनुसार प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । यस प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने उनले जानकारी दिए।


नगर क्षेत्रमा क्रियाशील युवा खेलाडीलाई समेटी उनीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगरप्रमुख डा. नवीनकुमार यादवले बताए । उनले युवाहरूलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिताको विषेश महत्व रहने धारणा व्यक्त गरे । प्रतियोगितामा विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology