मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

कृषि अनुदान

छात्रावृत्ति

घरपझोङ गाउँपालिका

बान्नीगढी जयगढ गाउँपालिका

मुसीकोट नगरपालिका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा अर्को एकजना पक्राउ

Mayorsap

आइत, माघ ६, २०८१ | २०:०२ बजे

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने महानन्द जैसी भनिने महेन्द्र पाण्डे छन् । पक्राउ परेका पाण्डेविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

प्रहरीले माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको गेट बाहिर भएको कुटपिटमा संलग्न रहेको आरोपमा यसअघि ललित केसी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology