Ad Image

सैफ अली खान अस्पतालबाट डिस्चार्ज हुँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737452126.jpg

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । सैफलाई मंगलबार साँझसम्म लीलावती अस्पतालबाट डिस्चार्ज गरिनेछ ।


डिस्चार्ज भएपछि सैफ अली खान आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा जाने छैनन् । बरु पहिले बसेको फच्र्यून हाइट्स अपार्टमेन्टमा जानेछन् । अभिनेताको घरको सामान सोमबार राति नै सारिएको बताइएको छ ।


सतगुरु अपार्टमेन्टमा आउनुअघि सैफ आफ्नो परिवारसँग फच्र्यून हाइट्समा बस्थे । तर पछि उनले यसलाई अफिस बनाएका थिए ।