मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

चन्द्रबहादुर गुरुङ

गोरीकला बुढा

कृषि अनुदान

विश्व सम्पदा

नलगाड नगरपालिका

बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

Mayorsap

मंगल, माघ ८, २०८१ | १७:३५ बजे

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेको छ ।


प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरुसँग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा ‘अपरेसन वार्ड’ खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गरेका हुन् ।


मन्त्री पौडेलले भने, “सङ्घीय अस्पतालहरुमा ‘सिफ्ट’ थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको छ । सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा ‘रेफर’ गरेर कसरी उपचार दिन सकिन्छ, सहकार्य आवश्यक छ ।” उनले स्वास्थ्य बिमा कार्यक्रम सुरक्षा निकायका अस्पतालमा प्रभावकारी बनाउनेबारे सुझाव दिनसमेत आग्रह गरे ।


सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापनका लागि आवश्यक खाका तयार पार्न अतिरिक्त सचिव डा. टङ्क बारकोटीको नेतृत्वमा गत साता मन्त्रालयले कार्यदल बनाएको छ ।


त्यसैगरी, मन्त्री पौडेलले आपत्कालीन अवस्थामा नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सहयोग गर्न सेनासँग आग्रह गरे । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीको सहभागिता थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology