मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

गोपाल हमाल

गुणस्तरहीन दुध

गृहमन्त्री

गुणस्तरहीन दुध

रमेश लेखक

अखिल क्रान्तिकारीको नेतृत्वमा जुटेन सहमति, निर्वाचन हुने पक्का

Mayorsap

मंगल, माघ ८, २०८१ | १७:५१ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि सहमति जुटाउने गर्ने प्रयास असफल भएको छ ।


अध्यक्ष प्रचण्ड निवास खुमलटार मंगलबार सहमतिबाटै नेतृत्व छनोट गर्नका लागि अध्यक्षका प्रत्यासीसहित नेताहरूसँग छलफल भएको थियो । तर अध्यक्षमा आकाङ्क्षीहरू आ–आफ्ना अडानमा रहेपछि सहमतिको प्रयास असफल भएको एक नेताले जानकारी दिए ।


‘हामीले सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा पार्टीको तर्फबाट अध्यक्षका आकाङ्क्षीसँग छलफल गरेका थियौँ । तर सहमति जुटेन । अब जसलाई जुन पदमा मन लाग्छ उसले उम्मेदवारी दिन पाउँछ । नेता विशेषसँग जोडेर समूह बनाउनु आवश्यक छैन’, ती नेताले भने ।


यस्तै आजै अध्यक्ष प्रचण्डले विद्यार्थीको विषयमा बनेको कार्यदलका संयोजक शक्ति बस्नेत, अध्यक्षका आकांक्षी, निवर्तमान उपाध्यक्ष लगायत नेताहरूसँग छलफल गरेका थिए ।


छलफलहरूमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नै नेतृत्व छनोट गर्नका लागि आज साँझ ६ बजेसम्म निर्वाचन समितिले समय तोकेको छ । माघ १२ गते नेतृत्वको लागि निर्वाचन हुँदैछ ।


अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत रहेका छन् । संशोधित विधान अनुसार आयोजक समितिका पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउनेछन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology