मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

रवि लामिछाने

राजस्व

स्वास्थ्य

हरिवन नगरपालिका

तिलागुफा नगरपालिका

भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ माओवादीको मृत्यु

Mayorsap

मंगल, माघ ८, २०८१ | १८:१२ बजे

रायपुर (भारत) । भारतीय सुरक्षा बलको सर्च अप्रेशनमा १४ माओवादी विद्रोहीको मृत्यु भएको छ ।


मारिनेमा माओवादीका शीर्षमध्येका एक जयराम वा चलपति भनिने कमान्डरसमेत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


भारतीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमार्फत यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो जित भएको प्रतिक्रिया दिएका छन् । ‘नक्सलवादलाई अर्को ठूलो झट्का’, गृहमन्त्री अमित शाहले लेखेका छन् ।


विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताएका छन् ।


भारतीय गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

 

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा १६ जनवरीमा पनि १२ जना माओवादी मारिएका थिए ।


भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौं लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।


यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । ‘सुरक्षा बल अझै जङ्गलभित्र छ’, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने । माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology