मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

गैंडाकोट नगरपालिका

त्रिशूली

बडिमालिका नगरपालिका

पैयुँ गाउँपालिका

भजनी नगरपालिका

प्रधानमन्त्रीसँग भेट्न नपाएपछि हर्क साम्पाङको प्रतिक्रिया– केपी ओलीले फेस गर्न सकेनन्, मलाई !

Mayorsap

मंगल, माघ ८, २०८१ | १९:०२ बजे

काठमाडौं । खानेपानी माग्दै काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न नपाएपछि प्रतिक्रिया दिएका छन् । साम्पाङले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै उनले प्रधानमन्त्री ओलीले आफूसँग फेस गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई ।’

 

साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । उनले खानेपानीमन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गरेका थिए । लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । तर, उनले प्रधानमन्त्रीसँग भेट्न पाएनन् ।  उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं आएका थिए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology