मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

अनुगमन

महाशिवरात्री

श्रम बैंक

बान्नीगढी जयगढ गाउँपालिका

तुलसीपुर उपमहानगरपालिका

प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता

Mayorsap

मंगल, माघ ८, २०८१ | १९:१६ बजे

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको सो सचिवालयले जनाएको छ । दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवलायका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

 

यसैगरी, उनले मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि दर्ता गरिएको बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए ।

 

उनले वर्षे अधिवेशनबाट विभिन्न समितिमा छलफलका लागि पठाएका केही विधेयकको प्रतिवेदनसहित आउने विधेयकलाई पनि सोही बैठकमा प्रस्तुत गरी छलफल गराउने कार्यसूची राखिएको पनि जानकारी दिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology