मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

रक्सी–चुरोट

अस्थायी संरचना

ललितपुर महानगरपालिका

पञ्चदेवल विनायक नगरपालिका

बुद्धजन्मस्थल

यो सरकार नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह

Mayorsap

मंगल, माघ ८, २०८१ | १९:२८ बजे

बागलुङ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थिर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पारे ।

 

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताए । 

 

उपप्रधानमन्त्री सिंहले भने, “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थिरता दिनका लागि दुई दल मिलेर सरकार गठन गर्‍यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छौँ ।”

 

देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उनले जोड दिए । पार्टीका हरेक कार्यकर्ताले सङ्गठनलाई मजबुत बनाउनुपर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नुपर्ने उपप्रधानमन्त्री सिंहले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology