मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

शौचालय

ऐरावती गाउँपालिका

फलेवास नगरपालिका

भजनी नगरपालिका

यशोधरा गाउँपालिका

महिला विश्वकप क्रिकेटमा आज अष्ट्रेलियासँग खल्दै नेपाल, जित्नै पर्ने दबाब

Mayorsap

बुध, माघ ९, २०८१ | ०७:५६ बजे

काठमाडौं । आइसीसी महिला यु–१९ टी–२० विश्वकपमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । लगातार २ खेल हारेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपालको समूह  ‘डी’ मा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । प्रतियोगितामा शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान २ अंक रहँदा नेपाल भने अंकविहीन छ। विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको हो । प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology