सिमेन्टको मूल्य बोराको २५० ले बढेपछि लेखा समितिले बोलायो उद्योगमन्त्रीलाई
Mayorsap
बुध, माघ ९, २०८१ | ०८:१६ बजे

काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धिबारे जानकारी लिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई छलफलका लागि बोलाएको छ । समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न मन्त्री भण्डारीलाई आज समितिको बैठकमा बोलाएको हो ।
मंगलबार बसेको समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए । उनका अनुसार मन्त्री भण्डारी र सचिव आज बिहान ११ बजे बैठकमा पुग्नेछन् ।
सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २ सय ५० सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।