कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
Mayorsap
बुध, माघ ९, २०८१ | २२:२१ बजे
कैलाली । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले ड्युटीको समयमा आफैँलाई गोली प्रहार गरेका हुन् ।
आज बेलुका साढे ८ बजे उनले आफैँमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी उमेशराज जोशीले जानकारी दिए । एसएलआर राइफलबाट उनले आफूलाई गोली हानेका हुन् । दाहिने कानभन्दा माथिबाट आफैले हानेको गोलीले घाइते भएका विष्टको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।