मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

छात्रावृत्ति

बालेन शाह

खुम्बु पासाङल्हामु गाउँपालिका

कावासोती नगरपालिका

‘बुक फ्री फाइडे’

आफूखुसी विदा बसेका १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

Mayorsap

बिही, माघ १०, २०८१ | १०:५१ बजे

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।


प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन भनेको हो । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।


आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन् ।


यसैगरी असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology