मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

गोठालो भत्ता

हेटौंडा उपमहानगरपालिका

स्नातक तह

श्रम बैंक

नुर्वु स्याङबो घले

टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

Mayorsap

बिही, माघ १०, २०८१ | १५:१२ बजे

महोत्तरी । बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्छन् । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो ।


बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्र गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो ।


बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्र गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।


नगरभित्रका सडकहरु वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताए ।


नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ ।


भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाई भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।


उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज भएको बताए । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology