२ लाख धरौटी बुझाएर रिहा भए झाँक्री प्रकाश भुजेल
Mayorsap
शुक्र, माघ ११, २०८१ | २०:४३ बजे
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा भएका छन् । न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले भुजेल धरौटी बुझाएर रिहा भएको जानकारी दिइन् ।
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।