मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

कर्मचारी

प्रशासकीय भवन

लुम्बिनी सांस्कृतिक नगरपालिका

गौशाला नगरपालिका

बिदा

एसएसपी सरुवा: काठमाडौंमा अधिकारी, अपराध अनुसन्धानमा बस्नेत

Mayorsap

शनि, माघ १२, २०८१ | ०७:४४ बजे

काठमाडौ । नेपाल प्रहरीका १८ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा कार्यरत विश्व अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख बनाएको छ । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । 

 

यसैगरी  उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् । अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईलाई भने अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।

 

एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन् ।  

 

नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ । भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ ।

 

उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा  श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ । नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology