मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

बुद्धजन्मस्थल

शुक्लाफाँटा नगरपालिका

सिमलताल दुर्घटना

धार्चे गाउँपालिका

छेडागाड नगरपालिका

अमेरिकामा सयौं आप्रावासी पक्राउ, सैन्य विमानबाट देश निकाला गरिँदै

Mayorsap

शनि, माघ १२, २०८१ | ०८:१७ बजे

काठमाडौं ।  अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गर्ने अभियानलाई तीव्र पारेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५ सय ३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताएका छन् । 

 

उनले भने, ‘ट्रम्प प्रशासनले एक सन्दिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५ सय ८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

 

‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिँदैछ’ उनले भने।  सरकारले देशको सिमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो।

 

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्त्वपूर्ण निर्णय लिएका थिए। सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology