जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
Mayorsap
शनि, माघ १९, २०८१ | ०८:१८ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आइतबारसम्म चल्ने बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
अध्यक्ष उपेन्द्र यादवले बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे छलफल गर्ने जनाएका छन । उनले करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को वृहत् समीक्षा हुने जनाइएको छ।
समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारीअनुसार आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन अध्यक्ष यादवको निर्देशनमा भनिएको छ।