Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ १९ गते ०३:१२
Image of storage/news/1738379561.jpg

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले थाइल्याण्डसँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ।  बिहीबारदेखि सुरु भएको प्रतिस्पर्धाको तेस्रो खेलमा नेपाल र थाइल्याण्ड भिड्न लागेका हुन्। यसअघि उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको थियो।

 

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई आठ विकेटले हराएको छ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। शृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

 

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ । आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।


Facebook Comments