मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

वडा

सूर्योदय नगरपालिका

विराटनगर महानगरपालिका

गुणस्तरहीन दुध

बारेकोट गाउँपालिका

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : थाइल्याण्डद्वारा नेपाल पराजित

Mayorsap

शनि, माघ १९, २०८१ | १७:२४ बजे

सांकेतिक तस्बिर

काठमाडौँ  । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो ।     
     
 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।     
     
 बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् ।     
     
 एक सय दुई रनको विजयी लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान दिइन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै सुवानान खियाओतोले १४ तथा कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् ।     
     
 बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक एक विकेट लिइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।     

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology