मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

बालेन शाह

धनगढीमाई नगरपालिका

शुक्लागण्डकी नगरपालिका

सडक

छात्रावृत्ति

‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

Mayorsap

शनि, माघ १९, २०८१ | १८:१२ बजे

धनुषा । नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए । उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद रु ५० हजार ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

 

प्रहरी निरीक्षक यादवले भने, “साहले आफू डिएसपी भएको भन्दै रु ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology